Breaking

कांग्रेस निष्कर्ष: चुनावपूर्व गठबन्धन नगर्ने, एक्जिट पोलिसीमा निर्णय भएन


काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले पार्टीलाई बलियो बनाइ एक्लै निर्वाचन जित्नसक्ने अवस्थामा पु¥याउने निर्णय गरेको छ ।

आइतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सम्पन्न केन्द्रिय कार्यसमितिको बैठकले पार्टीलाई बलियो बनाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा उपसभापति र महामन्त्री द्वयले राख्नुभएको, नीतिगत, सांगठनिक र समयसामयिक प्रश्तावउपर छलफल भएको बताए ।

उनले महामन्त्री गगनकुमार थापाले निर्वाचनअघि गठबन्धन गर्न नहुने प्रश्तावमाथि छलफल भइ सोही दिशामा अघि बढ्ने निर्णय भएको बताए । महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रश्तावमा उल्लेखित एग्जिट पोलिसीको सम्बन्धमा छलफल गर्दानिर्णय गर्न केन्द्रिय कार्यसमितिलेआवश्यक नठानेको उनले बताए ।