काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन समितिले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बन्जाडेसँग आज बयान लिँदै छ ।
सूर्यदर्शन, सानोपाइला लगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि समितिले दुवैलाई बोलाएको छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भएपनि समितिले लामिछानेलाई दिउँसो २ बजेको समय दिएको छ । छविलाल जीबी राईका व्यापारिक साझेदारसमेत रहेका थिए ।
जोशीलाई गोरखा मिडिया नेटवर्कको सञ्चालककका हैसियतमा बयानका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताउनुभयो । गोरखा मिडिया नेटवर्कमा जीबी राई, रवि लामिछाने र छविलाल जोशी सञ्चालक थिए ।


प्रतिक्रिया