Breaking

मंसिर तेस्रो साता उपनिर्वाचन उपयुक्त हुने : निर्वाचन आयोग


काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन आउँदो मंसिरको तेस्रो साता गर्दा उपयुक्त हुने सुझाव दिएको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीचको छलफलमा उक्त प्रस्ताव राखिएको हो ।

ओलीले जाडो मौसमअगावै हुने गरी निर्वाचनको मिति तय गर्नुपर्ने बताएका थिए । उनले निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरेको सचिवालयले जनाएको छ ।

आयोगले मिति घोषणाअघि सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ ।