काठमाडौँ— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो साता गरेको चीनको राजकीय भ्रमणले पश्चिमा देशमा तरङग पैदा गरेको छ । चीनको दुईदिने भ्रमण गरेका पुटिनले विभिन्न सम्झौता र सहकार्य गरेका छन् । साथै रुस–युक्रेन युद्धको बिषयमा पनि चर्चा भएको छ ।
पुटिनले पछिल्लो दिन गरेका भ्रमण अलोकतान्त्रिक भएको पश्चिमा देशहरूको आरोप लागेको छ । रुस र युक्रेनबिच दुई वर्षभन्दा बढी समयदेखि निरन्तर युद्ध चलिरहेको बखत भएको रुसी राष्ट्रपति पुटिन र समकक्षी सीबिचको भेटलाई शक्ति राष्ट्रहरूले नियालीरहेकाछन् ।
यतिमात्र होईन यो भेटलाई लिएर पक्ष विपक्षमा टिकाटिप्पणी नै सुरुभएको छ ।
राष्ट्रपतिको रूपमा पाँचौँ पटक कार्यभार सम्हालेपछि पुटिनको यो पहिलो विदेश भ्रमण हो । पुटिनलाई चीनमा स्वागत गर्दै सीले दुई देशबिच ब्यापार बढेको बताएका छन् ।
संयुक्त पत्रकार सम्मेलनमा उनीहरुबीत रुस–युक्रेन युद्धको बिषयमा चर्चा भएको थियो ।सीले इजरायल–गाजा युद्धको विषयमाथि टिप्पणी समेत गरेका छन् । गाजामा तत्कालै समस्या समाधान गर्नु पर्नेमा सी र पुटिन दुवै सहमत भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएकाछन् ।
युक्रेनी सङ्कट राजनीतिक रूपमा सल्टाउन दुवै पक्षको चाहना रहेको उनको भनाई थियो । दुुईदेशबीचका युद्धका कारण अमेरिका र उसका सहयोगीहरूले रुसमाथि धेरै प्रकारका प्रतिबन्धहरू लगाएका छन् । तर, यस अवधिमा चीनले रुसको आर्थिक अवस्थालाई सम्हाल्न सहयोगी साबित भएको छ ।
चीनले रुसी सेनालाई प्रविधि र हतियार उपलब्ध गराएको आरोप पनि लागेको छ । जसका कारण चीनमाथि पनि दबाब बढिरहेको छ । चीनले यी आरोपहरू अस्वीकार गर्दै आएको छ र रुसलाई कुनै पनि प्रकारको सैन्य सहयोग नगरेको दाबी गर्दै आएको छ ।
पुटिनको भ्रमणका क्रममा चीनले अमेरिकालाई निशाना बनाउँदै आएको छ । उसले यो भ्रमणलाई लिएर गैरजिम्मेवारी पन देखिएको बताएको छ ।
यसअघि अमेरिकाले युक्रेनविरुद्धको लडाइँमा चीनले रुसलाई सहयोग गरिरहेको आरोप लगाएको थियो । अहिले फेरी अमेरिकाले चिनको दैध चरित्र भएको विश्लेषण गरेको छ।
एकातिर चीनको युरोपसँग सम्बन्ध छ अर्कोतर्फ युरोपको सुरक्षामा सबैभन्दा ठुलो खतरा रुसले सहयोग गरिरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले भनेका छन् ।पुटिनका लागि चीन भ्रमणमा आफ्नो पक्षमा एउटा शक्तिशाली सहयोगी छ भनेर विश्वलाई देखाउने मौका भएको कोणबाट पनि विश्लेषण भएको छ ।
तत्काल अन्त्यको कुनै सङ्केत नदेखिएको युक्रेनमा जारी खर्चिलो युद्धका कारण यी दुईबीचको सम्बन्धमा परिवर्तन आएको छ । त्यो युद्धले रुसको सेना र उसको अर्थतन्त्रका कमजोरीहरूलाई उजागर गरिदिएको छ । त्यसले सीले आफ्नो हात अब माथि पर्दैछ भन्ने थाहा पाएका छन् । युद्धले रुसलाई एक्लो बनाएको छ । अहिले पुटिनलाई युक्रेनमा जारी युद्धका लागि चिनियाँ सहयोग आवश्यक रहेको छ । पुटिनको बेइजिङ भ्रमणका क्रममा जारी गरिएको संयुक्त विज्ञप्तिमा व्यापार विस्तारबारे केही रोचक कुराहरू समावेश भएको देखिन्छ । त्यसमा दुई देशबीच १०० वर्षभन्दा बढी समयसम्म विवाद भएको टापुमा बन्दरगाह निर्माण गर्ने कुरा उल्लेख छ ।
यता भारत भने निराश बनेको छ । रुसलाई भारतको सबैभन्दा राम्रो मित्र मानिन्छ । विश्व स्तरमा जब कुनै मुद्दा अड्किन्छ, दुवै देशले एकअर्कालाई साथ दिन्छन् । युद्धको बेला विश्व रुसबिरुद्ध हुँदा भारत मौन बसेको थियो । यसको अर्थ भारत रुसको पक्षमा उभिने गरेको छ । तर एकाएक पुटिन चीनको एयरपोर्टमा अतवरण हुँदा भारत निराश र अचम्ममा परेको छ । भारत मात्रै होइन पुटिनको चीन यात्राले विश्व नै तरंगित बनेको छ । रुस र चीनको एकताले अमेरिकालगायत पश्चिमा देशहरु सशंकित बनेका छन् । साथै असन्तुष्टि पनि बढेको छ । यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुमधुर हुने र युक्रेनविरुद्ध अझ आक्रामक हुन सक्ने सम्भावनाका रुपमा पनि हेरिएको छ ।


प्रतिक्रिया