काठमाडौं– नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्दैछ । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नै नेतृत्वमा निर्विरोध हुने पक्कापक्की हँुदा अन्य पदाधिकारी—उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायतका महत्त्वपूर्ण पदहरूमा भने चर्चित नेताहरु कै लर्को लागेको छ । सभापति थापासँग चुनावी प्रतिस्पर्धा गर्ने भनिएका किशोरसिंह राठौरको क्षेत्रमा समयमै अधिवेशन हुन नसक्दा महाधिवेशन प्रतिनिधि चयन हुन ढिलाइ भएको छ भने उनले कुन पदमा उम्मेदवारी दिने भन्ने अन्योल कायमै छ ।
पदाधिकारीमा आकांक्षीहरूको लर्को लागेपछि व्यवस्थापनका लागि संख्या बढाउने प्रस्ताव गरिएको छ । जसमा सभापति १, वरिष्ठसहित उपसभापति ४, महिलासहित महामन्त्री ३ र सहमहामन्त्री १५ जना रहने निर्णय सोमबारको केन्द्रीय कार्यसमिति बैठकले गरेको छ । यसलाई महाधिवेशनमा विधान संशोधन प्रस्तावका रूपमा लगिनेछ । बन्दसत्रबाट विधान पारित भएपछि मात्र यो व्यवस्था लागू हुनेछ । खुलामञ्चमा बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीको संख्या बढाउने प्रस्ताव निर्णयार्थ बन्दसत्रमा लैजाने निर्णय गरेको हो ।
सभापतिबाहेक अन्य पदाधिकारीमा भने उम्मेदवारी घोषणा गर्ने होडबाजी नै चल्दा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । त्यसो भए कुन पदमा को–को चर्चित नेताहरू उम्मेदवारी दिँदै छन् त ?
Breaking


प्रतिक्रिया