Breaking

बालेन : परम्परा तोड्दै पहिलो विदेश भ्रमण, अमेरिकाबाटै खिच्ने छन् विश्वको ध्यान, को–कोसँग हुनेछ भेट ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– महाप्रलयकारी भोटेकोशी बाढीको पीडाको आलो घाउ बोकेर विश्वसामु जलवायु न्यायको मुद्दालाई मुखरित गर्न प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार अमेरिका प्रस्थान गरेका छन् । न कुनै तामझाम, न कुनै औपचारिक समारोह ! बाढीका कारण देश शोकमा रहेका बेला औपचारिक बिदाइ समारोहको परम्परालाई तोड्दै प्रधानमन्त्री शाह अमेरिकाका लागि उडेका छन् । सिङ्गो देशले सङ्कटको सामना गरिरहेका बेला मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै सीमित उच्चस्तरीय प्रतिनिधिमण्डल र बिनाकुनै तामझाम पहिलो विदेश भ्रमणमा निस्कनुले नेपाली राजनीति र कूटनीतिक परम्परामा नयाँ मानक स्थापना गरेको छ ।
विगतमा सरकार प्रमुख विदेश भ्रमणमा जाँदा विमानस्थलमा मन्त्री, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, विदेशी कूटनीतिज्ञ तथा राजनीतिक दलका नेताहरूको उपस्थितिमा औपचारिक बिदाइ कार्यक्रम हुने परम्परा थियो, जसमा नेपाली सेनाले ‘गार्ड अफ अनर’ समेत दिने गर्दथ्यो ।