काठमाडौं– मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहिलो विदेश भ्रमण भारतबाट सुरु भयो । भारतीय समकक्षी निर्मला सीतारमणको निमन्त्रणामा बिहीबार नयाँ दिल्ली पुगेका अर्थमन्त्री डा. वाग्लेले तीनदिने बसाइका क्रममा आर्थिकसँगै कूटनीतिक क्षेत्रका उच्च व्यक्तित्वहरूसँग भेटवार्ता गरे । भ्रमणको पहिलो दिन बिहीबार उनले आर्थिक विषयमा मात्र केन्द्रित रहँदै भारतीय वित्तमन्त्री सीतारमणसँग नेपाल–भारत आर्थिक सहकार्यका विविध आयामबारे छलफल गरे । यद्यपि, नेपालको राष्ट्रिय झन्डा नराखी विदेशी समकक्षीसँग गरिएको उक्त भेट कूटनीतिक मर्यादाका दृष्टिकोणले निकै विवादित बन्यो । तर, अर्थमन्त्री वाग्लेले सरकारको प्रतिनिधित्व गर्दै गरेको भेटको जवाफ सरकारका प्रवक्ताले दिनुपर्नेमा पार्टी प्रवक्ता अघि सरेर स्पष्टीकरण दिनुले थप प्रश्न जन्माएको छ ।
Breaking


प्रतिक्रिया