काठमाडौं– ठिक एक वर्षअघि, भदौ २३ गते भएको त्यो ऐतिहासिक जेनजी आन्दोलन; जसले केही घण्टामै देशको राज्यसत्ता मात्र नभई दशकौँदेखिको परम्परागत राजनीतिक सिन्डिकेटलाई ढाल्दै सिङ्गो देशको राजनीतिक परिदृश्य नै बदलिदियो । भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै नवयुवाहरूले छेडेको त्यो विद्रोह क्षणिक असन्तुष्टि मात्र थिएन; त्यो त गहिरिँदो बेरोजगारी, नातावाद, कृपावाद र राज्यको अनुत्तरदायी चरित्रका कारण जनमानसमा गुम्सिएको संरचनागत असन्तोषको विस्फोट थियो । त्यो विस्फोटनको कम्पनले यति भयावह स्थिति सिर्जना ग¥यो कि केही घण्टामै ७६ जनाले ज्यान गुमाए । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनजस्ता देशका मुख्य अङ्गहरू निमेषभरमै जलेर खरानी बने । विभिन्न पार्टीका कार्यालयदेखि निजी घर, व्यवसायिक भवन तथा संस्थानहरू पनि ध्वस्त भए । जसका कारण देशले दशकौँ पछाडि धकेलिने गरी अतुलनीय क्षति व्यहोर्नुप¥यो ।
राज्यसत्तादेखि देशको राजनीतिलाई नै नयाँ दिशा दिएको उक्त आन्दोलनले एक वर्ष पूरा हुँदासम्म देश र जनतालाई के दियो ? यो प्रश्न अहिले पेचिलो बनेको छ । जेनजी आन्दोलनकारीले के पाए ? सहिद परिवारले के पाए ? घाइतेहरूले के पाए ? अनि नवयुवाका मुद्दा र मागहरूको सुनुवाइ भयो कि भएन ? यस्ता गम्भीर प्रश्नहरू चौतर्फी उठिरहेका छन् । किनकि एक वर्ष बितिसक्दा पनि आन्दोलनको म्यान्डेटअनुसार जनताले महसुस गर्ने गरी कुनै परिवर्तन भएको देखिँदैन ।
Breaking


प्रतिक्रिया