काठमाडौं– रसुवा बाढीले निम्त्याएको महाविपत्तिको १३ औं दिनसम्म आइपुग्दा हजारौं घरहरूमा सन्नाटा छाएको छ । कसैले परिवार गुमाएका छन्, कसैले आफन्त गुमाएका छन् त कोही सर्वस्व गुमाएर शून्यतामा पुगेका छन् । अझै हजारौं परिवार सास र लासको आशमा तड्पिरहेका छन् । अहिलेसम्म १३ सय ५५ जनाको मृत्यु पुष्टि हुँदा अझै झन्डै पाँच हजार जना बेपत्ता छन् । सरकारी संयन्त्रहरू अनवरत रूपमा परिचालन भए पनि विनाशकारी बाढीले निम्त्याएको संकट मोचन हुन सकेको छैन । राज्यले हरसम्भव प्रयास गर्दा पनि सोचेजस्तो परिणाम आउन सकेको छैन, जसका कारण समय बित्दै जाँदा बेपत्ता भएका परिवारमा आशाको दियो पनि निभ्दै गएको छ । दुई हप्ता बित्दा पनि बेपत्ताहरूको सास र लासको कुनै अत्तोपत्तो नभएपछि अहिले आफन्तहरू धमाधम कुशको शव बनाएर दाहसंस्कार गर्न बाध्य भएका छन् । रसुवा, नुवाकोट, धादिङ, चितवन, पोखरा, नवलपरासीदेखि काठमाडौंसम्म चहार्दा पनि आफन्त फेला पर्ने सम्भावना कमजोर बन्दै गएपछि उनीहरू कुशको शव बनाएर काजकिरिया गर्न बाध्य भएका हुन् ।
Breaking


प्रतिक्रिया