काठमाडौं– रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक व्यक्त गरिँदै छ । १८ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक व्यक्त गर्ने निर्णय गरेको थियो ।
आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी बाढीमा परी हालसम्म साढे १३ सयभन्दा बढीको मृत्यु भएको छ ।
अझै ४ हजार ९९६ जना सम्पर्कविहीन छन् । बाढीमा परी ६ हजार ८३ जना घाइते भएका छन् भने १३ हजार ३९१ जनाको उद्धार गरिएको छ । खोज, उद्धार तथा राहतका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन भएका छन् ।


प्रतिक्रिया