Breaking

रास्वपाका अरिंगाल : पीडितमाथि तथानाम गाली, सागर र श्रीरामको चर्चा, रवि टिमको डाहा (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– एक महिला काँखे सन्तान च्यापेर भन्दैछिन्, मेरो श्रीमानको खोजी गरिदे सरकार । मेरो मान्छेको कि लास दे, कि सास दे । चुनावको बेला यसरी नै बच्चा च्यापेर रास्वपालाई भोट हालेको हुँ । तर धिक्कार छ यो सरकार प्रति ।
तर यतिबेला उनलाई रास्वापाका सर्मथकले नानाथरी गालि गरिरहेका छन् । सायदै ति गालि गर्नेका परिवारले यो कमेन्ट सरसरर्ति पढ्न सक्लान् । अहिले सरकारको काम गलत भयो भनेर कसैले बोल्यो भने यहि नियति भोग्नुपर्ने अवस्था छ । उद्धार मात्रै होईन ,सरकारले राहत समेत न पुर्याएको भन्दै गुनासो गर्नेहरु पनि त्यतिकै छन् । रास्वपाको पार्टी कार्यालय घन्टीघरमा राहतका सामग्रीहरू थन्किएर बसेका छन् । तर राहतलाई सम्बन्धित ठाउँमा पार्टीले पुर्याउन सकेको छैन । यसलाई लिएर बालेन पक्ष असन्तुष्ट छ । जसले सरकार र पार्टीबीचको दूरी बडाउने काम गरेको छ । संकटको बेला प्रधानमन्त्री बालेन शाहले पार्टीको साथ पाएका छैनन् । सुरुवाती चरणमा सरकारको बचाउमा उत्रिने सांसदहरू र नेताहरू अहिले सरकारले नै काम गर्न नसकेको भन्दै अभिव्यक्ति दिइरहेका छन् । प्रधानमन्त्री बालेनका नजिक मानिने सागर ढकाललाई त आफनै पार्टीका नेताले अपमानितसमेत गरे । जो बाढी प्रभावित क्षेत्रमा फसेकाको उद्धारमा खटिएका थिए । दलका उप नेताले त तत्काल फकिर्न निर्देशन नै दिए ।