काठमाडौं– प्रधानमन्त्री बनेदेखि खासै काठमाडौं बाहिर निस्कन नरुचाएका बालेन्द्र शाह ‘बालेन’ले गत शुक्रबार कास्कीमा रात बिताए । सपरिवार मुस्ताङ यात्रामा निस्किए पनि शुक्रबारको अन्तिम गन्तव्य माछापुच्छ्रे गाउँपालिकास्थित अन्नपूर्ण इको रिसोर्ट बन्दा भ्रमणको पहिलो बास उनले त्यहीँ बिताएका थिए । तर, परिवारसहित यात्रामा निस्किएका प्रधानमन्त्रीको यो भ्रमण औपचारिक नभएको उनको सचिवालयले स्पष्ट पारिसकेको छ । यसबाट के स्पष्ट हुन्छ भने, शनिबार र आइतबारको बिदाको सदुपयोग गर्दै प्रधानमन्त्री सपरिवार छुट्टी मनाउन मुस्ताङको यात्रामा निस्किएको बुझ्न कठिन छैन । मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा शनिबार साँझ पूजाअर्चना गर्दै तीन दिनको निजी भ्रमण सकाएर आइतबार प्रधानमन्त्री निवास बालुवाटार फर्किएका बालेनको मुस्ताङ यात्राले केही सन्देश भने दिएको छ । त्यसैबारे यहाँ चर्चा गरौँ ।
देश


प्रतिक्रिया