Breaking

रवि चौतर्फी दवाव बढाउँदै, सरकार र पार्टी नै आक्रामक बनाउने, आफैँ मैदानमा उत्रिने तयारी (भिडियोसहित)

योहो संवाददाता

काठमाडांै–रास्वपाको चितवन महाधिवेशनपछि पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउँदा पार्टी केही सुस्ताएको थियो । तर, पार्टीलाई चलायमान बनाउन केही दिनदेखि रास्वपा सभापति लामिछाने केन्द्रीय समिति बैठक राख्नेदेखि पार्टी सङ्गठनलाई पूर्णता दिन सक्रिय बनेका छन् । महाधिवेशनपछि सुनसानजस्तो देखिने घण्टीघर चलायमान बनेको छ । अहिले पदाधिकारी थप्नेदेखि विभिन्न विभाग गठन गर्नेसम्मका काम हुन थालेका छन् । यसरी पार्टीलाई चलायमान बनाउँदै सङ्घीय चुनावको भन्दा राम्रो गर्दै स्थानीय तहको निर्वाचनमा शतप्रतिशत नतिजा निकाल्ने गरी उनले पार्टीलाई चुनावमा होमेका छन् ।