काठमाडौं– मन्त्री र सांसदबीच चर्काचर्की, सभामुख र सांसदबीच चर्काचर्की, समितिमा सभापतिसँग, आईजीपीसँग, अख्तियार प्रमुखसँग सबैसँग छट चर्काचर्की मात्र । सत्तारुढ सांसदहरुको अहिलेको दैनीकि हो यो । त्यो पनि आफ्नै सरकारलाई अप्ठ्यारो पार्नेगरी रास्वपाकै माननीयको हिरोगिरीको उत्कृष्ट उदाहरण हुन् यी घटना । जसलाई रास्वपा आफैँ सांसदहरु अराजक भए भन्दै तर्सिनुपरेको छ । रवि लामिछानेको शब्द सापटी लिएरै भन्ने हो भने स्वर तिखा भएका, बोलेरै उदाएकाहरु जसले हिजो कांग्रेस एमालेलाई गालीको खुराँक पस्किन्थे, उनै सांसद अहिलेको सरकारका लागि ऐंजेरु बनेका छन् । दको बैठक नै सारेर रविको चौथो पटक ट्यूसन पढाउँदा समेत यी सुध्रिन्न् भन्ने छनक देखाउन एक दिन पनि कुर्नु परेन । आफैँ जान्ने, आफूले देखेको मात्र ठिक, आफू एक्लैले संसार थेग्न सक्ने र आफूले उठाएको एजेण्डा हावादारी नै भएपनि जित्नैपर्ने । यही मनोरोगबाट ग्रसित सांसदहरु अहिले जनताबाटै अपहेलित भएर चाउचाउको कूपनको उपमा पाइरहेका छन् । अख्तियार प्रमुखलाई बालेन राजा होइन किन भेट्न गएको ? अबदेखि नजानू भन्ने अमरेश सिंह हुन् वा तपाईंलाई अपख्तियार प्रमुख भएर बस्न लाज लागेन ? भन्दै प्रश्न गर्ने यज्ञमणि न्यौपाने नै किन नहुन् । रास्वपा सांसदहरुले दिएको एकमात्र उपलब्धी हो, आफ्नै हरकत देखाएर कांग्रेस एमालेका नेताहरुलाई मूडफ्रेस गर्ने निःशुल्क डोज ।
Breaking


प्रतिक्रिया