काठमाडौं– सत्ता बदलियो, अनुहार बदलियो तर प्रहरीमाथिको राजनीतिक दबाब झन् बढेको छ । बालेन शाह नेतृत्वको सरकारको निसाना प्रहरी संगठन हो कि प्रहरीभित्रको बेथिति ? रास्वपाकै सांसदहरू बेनामी उजुरीकै भरमा प्रहरी प्रमुखलाई हटाउन माग गरिरहेका छन् । अहिले प्रधानमन्त्री बालेन शाहका दूत रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरीसँग सिङौरी खेलिरहेका छन् । उनले प्रहरी प्रमुख दानबहादुर कार्कीलाई भ्रष्टाचारीकै आरोप लगाइरहेका छन् । लेखा समिति बैठकमा छलफलका लागि बोलाइएका आईजीपी कार्कीमाथि सुनारले ‘जवान र हवल्दारको जुत्ता–मोजा खाएको’ भन्दै आक्रोश पोखे ।
‘जेन–जी’ आन्दोलनमा खस्किएको प्रहरीको मनोबल बढाउनुपर्ने ठाउँमा प्रधानमन्त्रीका दूतबाटै प्रहरी संगठन निसानामा परेको छ । सांसद सुनारले आईजीपी कार्कीलाई तत्काल निलम्बन गर्न माग गरे । उनले उजुरी परेको व्यक्ति पदमा बस्न नमिल्ने भन्दै ललकारे ।
Breaking


प्रतिक्रिया