Uncategorized

छुटेका आलम सास्तीमा, खत बोकेर भारतबाट आए पीडित, प्रमाणसहितका बयान, सर्वोच्चले थुन्ला ? (भिडियो)


काठमाडौं – गत जेठ १४ गते सबैलाई चकित पार्ने गरी ज्यान मुद्दामा जन्मकैदको सजाय भुक्तान गरिरहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई उच्च अदालतले सफाइ दियो । बम विस्फोट गराएको र विस्फोटमा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा हालेर मारेको अभियोगमा जिल्ला अदालत रौतहटले सुनाएको जन्मकैदको सजायलाई उल्ट्याएर उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगञ्जले आलमलाई निर्दोष ठहर गर्दा कांग्रेस सभापति शेरबहादुर देउवा–समूह र आलमका समर्थकबाहेक सबै असन्तुष्ट बने । पीडित परिवारसँगै देशबासीलाई मर्माहत बनाउँदै वीरगञ्ज इजलासले ‘प्रमाण नपुगेको’ आधारमा आलमलाई सफाइ दिएपछि अहिले घटनाका प्रत्यक्षदर्शी र पीडित स्वयम् ‘जीवित प्रमाण’ बनेर न्यायको ढोका ढकढक्याउन संघीय राजधानी काठमाडौं आइपुगेका छन् ।