Breaking

नेपाली महिला टोली एसियन कपमा पुग्न असफल


नेपाली महिला फुटबल टोली एएफसी वुमन्स एसियन कप २०२६ मा छनोट हुन असफल भएको छ।

समूह ‘एफ’ को निर्णायक खेलमा घरेलु टोली उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदा नेपाल एसियन कपमा छनोट हुन असफल भएको हो। समूह विजेता मात्र एसियन कपमा छनोट हुने व्यवस्था छ।निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको थियो ।

पेनाल्टीमा गोल गर्न नेपालका लागि दुई खेलाडी असफल भए।पहिलो पेनाल्टी प्रहार गरेकी कप्तान सावित्रा भण्डारी साम्बाको प्रहार पोलमा लागेर फर्कनु नेपालका लागि दुर्भाग्य सावित भयो।त्यसपछि गीना राना र सविता रानाले गोल गरे। तर चौथो पेनाल्टी हानेकी गोलकिपर अन्जना रानामगरले पनि गर्न सकिनन् ।

उनको प्रहार उज्वेकिस्तानकी गोलकिपरले विफल पारिन्।उज्वेकिस्तानका लागि भने चारै खेलाडीले पेनाल्टीमा गोल गरे। त्यसपछि पहिलो हाफमा नेपाल ३–१ गोलले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल फर्काएर बराबरीमा ल्याएको थियो ।