Breaking

नेपालले जित्यो एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि


काठमाडौं । नेपालले एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको छ ।आज भएको खेलमा सिगांपुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको हो ।


नेपालले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो। अघिल्लो संस्करण पनि नेपालले मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो। आज भएको फाइनलमा सिगांपुरले दिएको १ सय १४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि जय थापा २४ र अभय यादव १० रनमा अविजित रहे। नवौा विकेटका लागि जय र अभयले २५ रनको साझेदारी गर्दै नेपाललाइ जित दिलाए।

विकेट किपर सिवांश बजगाइले बनाएको २० रन थपे। शुभम खनालले १८ रन थपे। शुभम खनालले प्रसिद्ध जैेसीले १७ तथा परिमार्जन यादवले १३ रन बनाए। २५ औँ ओभरमा विपिन प्रसाद शर्मा र सचिन भट्टा आउट भएपछि युवा टोली दबाबमा आएको थियो।

त्यसअघि मलेसियाको वांगीस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा १ सय १३ रन बनाउँदा अलआउट भयो।