Uncategorized

कुलिङमा ‘कू’ गर्ने कै चर्को स्वर, रामहरिले बैठकमै थर्काए, कर्मचारीले नेता र सांसद देखाए, दोषी को ? (भिडियो)


काठमाडौं – संघीय निजामती सेवा विधेयकमा समावेश ‘कुलिङ अफ पिरियड’को प्रावधानमा भएको कीर्ते विषयलाई लिएर बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिमा हंगामा मच्चियो । समिति सभापति रामहरि खतिवडाले लगातार करिब चार घण्टा सांसदहरूको चर्को आलोचना र दबाब खेप्न बाध्य हुनुप¥यो । बैठकमा समिति सभापति, सचिव र सांसदहरूबीच चर्को भनाभनसमेत चल्यो । सभापति र सचिवमाथि खनिएका समिति सदस्यहरूले विधेयकमा भएको त्रुटिप्रति अपनत्व लिनुको साटो सम्पूर्ण दोष सभापतिमाथि थोपर्ने प्रयास गर्दै आफू भने पानीमाथिको ओभानो बन्न खोजे । नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले रामहरि खतिवडालाई सभापति र सुरजकुमार दुरालाई सचिव मान्न नसकिने बताउँदै उनीहरूको नेतृत्वमा बस्ने बुधबारको बैठक नै अन्तिम हुने चेतावनी दिए ।