कर्णाली

जाजरकोटका सहसचिव पुष्प राज शाहीले चीनबाट गरे पीएचडी


काठमाडौं। नेपाल सरकारका सहसचिव पुष्प राज शाहीले विद्यावारिधी (पीएचडी) गरेका छन् । चीनको पेकिङ विद्याविद्यालयबाट उनले सैद्दान्तिक अर्थशास्त्रमा पीएचडी गरेका हुन् ।

नेपालको तीव्र आर्थिक वृद्धि र बजेट कार्यान्वयनमा राजनीतिक अस्थीरताले पारिरहेको प्रभाव (how state Derail From Reform; Political Instability Development budget implementation efficiency and rapid economic Growth In Nepal) शिर्षकमा विद्यावारिधी हासिल गरेका हुन् ।

जाजरकोटका शाहीले सन् २०२२ मा विश्वविद्यालयमा नेपालका तर्फबाट छात्रवृत्ति पाएका थिए । शाही हाल कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव छन्। पेकिङ विश्वविद्यालय संसारकै दश तथा चीनको पहिलो श्रेणीमा पर्ने विश्वविद्यालय हो।

शाहीले बिभिन्न तहगत समितिमा रहेका छनौट परीक्षादेखि अन्तिम डिग्री हासिल गर्ने समयसम्म ३५ भन्दा बढी प्रोफेसरहरुको विश्वास जितेको बताएका छन्। शाहीसँगै अरु तीन जनाले नेपालको प्रतिनिधित्व गर्दा थप दुई दर्जन बढी विकासशील देशका विद्यार्थीहरुले पीएचडी उपाधी पाएका छन्।