काठमाडौं – नेपालमा लागुऔषधका कारोबारी दिनप्रतिदिन बढिरहेका छन् । पछिल्ला दिनहरूमा लागुऔषध कारोबार र दुव्र्यसनमा युवापुस्ताको संलग्नता पनि बढ्दो क्रममा छ । यसले लागुऔषधको न्यूनीकरण, रोकथाम र नियन्त्रणको विषयलाई थप गम्भीर बनाएको छ । नेपाल लागुऔषध ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दा सेवनकर्ताको संख्या बढ्न सहज भएको छ । सरकारी तथ्याङ्कअनुसार १३ देखि २० वर्षका युवायुवती लागुऔषध दुव्र्यसनमा फसेका छन् । पछिल्लो समय प्रहरीले लागुऔषध कारोबारलाई न्यूनीकरण गर्न गोली चलाएर कारोबारीलाई नियन्त्रणमा लिन थाले पनि यस्ता प्रयासले मात्रै समस्या नियन्त्रणमा नआउने प्रहरी स्वयं स्वीकार्छ ।
देश
प्रतिक्रिया