काठमाडौं—हिजो सामान्य घटेको शेयर बजार आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ७६ अङ्कले घटेर २ हजार ६ सय २८ दशमलव ९१ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर झन्डै साढे २ प्रतिशतले ओरालो लागेको छ ।
यस्तै विकास बैंक, जलविद्युत्, उत्पादन, लघुवित्त, अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले घटेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ ।
हिजो ७ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ३ सय १४ वटा कम्पनीका २ करोड ९४ लाख कित्ता शेयर ११ अर्ब २३ करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया