काठमाडौं — काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नियमित काममा फर्किएका छन् ।
उच्च अदालत पाटनले बुधबार पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै उनी आज कार्यालय पुगेका हुन ।
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए । आफुलाइ गरिएको निलम्बनको विरुद्ध पाण्डेले उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपश्चात पाण्डे कार्यलय फर्किएका हुन ।
प्रतिक्रिया