काठमान्डौं । पत्रकार दिलभूषण पाठकले साइबर अपराधको कसुरमा आफुविरुद्ध जारी भएको पक्राउ पुर्जीविरुद्ध निषेधाज्ञा निवेदन दिएका छन् ।
पत्रकार पाठकले उच्च अदालत पाटनमा दिएको निषेधाज्ञा निवेदनको सुनुवाइका लागि पेसीसमेत तोकिएको छ । अदालतका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासमा पाठकको पेसी तोकिएको छ । उनको पेसी ‘ढ’ नम्बरमा रहेकाले आजै पालो आउने नआउने यकिन भएको छैन ।
हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको छोरा जयवीरलाई जोडिएको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेको थियो। त्यसपछि जिल्ला अदालत काठमाडौंले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
अहिले पत्रकार पाठकले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो समेतलाई विपक्षी बनाएर निषेधाज्ञाको निवेदन दायर गरेका छन् ।
प्रतिक्रिया