समाचार

तनहुँमा ग्लोबल आइएमई बैंकको वृक्षारोपण


तनहुँ – ग्लोबल आइएमई बैंकले जिल्लाको भानु नगरपालिकामा वृक्षारोपण गरेको छ।

बैंकले विश्व वातावरण दिवसको अवसरमा मुलुकभर १८ हजार बिरूवा रोप्ने लक्ष्य लिएको थियो। त्यसअनुसार सोमबार भानुमा १ हजार ५ सय बिरुवा रापिएको हो।

शसस्त्र प्रहरी, सेना, प्रहरी, नगरपालिका भित्रका विभिन्न विद्यालय र क्यापसहरुमा १ हजार ५ सय लिचीका बिरुवा रोपिएको हो।

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्द राज त्रिपाठी, बैंकका डुम्रे शाखा र बन्दिपुर शाखाा कार्यरत कर्मचारीहरु सहभागी थिए । कार्यक्रममा नगर प्रमुख त्रिपाठीले वृक्षारोपणले वातावरण संरक्षणमा सहयोग गर्नुका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरूको आयआर्जनमा सहयोग पुग्ने धारणा व्यक्त गरे।