Uncategorized

एमालेमा ‘झोले’ ब्राण्डको ट्रेन्ड, राजावादीलाई ठेगान लगाउने ओलीको अस्त्र


अहिले एमाले नेताहरू सबैल झोले अभियानमा लागेका छन् । यो शब्दलाई लिएर भएको चौतर्फी हमला र अध्यक्ष केपी शर्मा ओलीले नै आफू झोले भएको बताएपछि एमाले त्यसको ब्राण्डिङमा लागेको हो । फलतः एमालेका नेताहरुले ‘म झोले हो’ भन्ने शब्द र आफ्नो तस्वीरसहितको पोस्टर सामाजिक सन्जालमा भाइरल बनाइरहेका छन् । आखिर एमालेले यसबाट के सावित गर्न खोज्दै छ त ? के यही नै एमालेको गुमेको साख फिर्ता हुने आधार हो त ?

पहेलो पृष्ठभूमिमा ‘म झोले हो’ भन्ने शब्द अनि आफ्नो फोटो । यो फोटो आफ्नो सामाजिक सन्जालमा पनि देखिएको छ भने तपाईंले अनौठो मान्नु पर्दैन । यो एमालेको झोले अभियान हो । यस्तो पोस्टर साझेदारी गर्ने नेताहरूमा अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकारसमेत रहेका उपमहासचिव विष्णु रिमाल, सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहितका नेताहरू छन्। यस्तै एमाले सांसदहरू सुनिता बरालसहित एमालेको युवा सङ्गठन राष्ट्रिय युवा सङ्गठनका अध्यक्ष क्षितिज थेबेलगायतका नेताहरूले पनि यस्तो पोस्टर पोस्ट गरिरहेका छन् । शाब्दिक रुपमा हेर्दा प्रयोगात्मक नेपाली शब्दकोषले झोलेको परिभाषा अनुचरका रुपमा गरेको छ ।

जसअनुसार झोला बोक्ने,कसैको झोला बोकेर हिँड्ने,सहायक वा अनुचरलाई झोले भनिन्छ । यो अर्थमा हेर्ने हो भने पनि आफ्नो नेतृत्वमाथि प्रश्न गर्न नसक्ने,तर्क गर्न नसक्ने र खुरुखुरु भनेको मान्ने व्यक्तिलाई झोले भन्न सकिन्छ । जसले न त सही गतल छुट्याउन सक्छ न त झोलाभित्र के छ भनेर भन्न नै सक्छ । नेपाली राजनीतिको सन्दर्भमा प्रायः यो शब्द नकारात्मक अर्थमा प्रयोग गरिन्छ ।

जसले कसैको अन्धभक्त भएर पछि लाग्ने, चाकरी गर्ने वा आफ्नै विचार नभएको व्यक्तिलाई जनाउँछ भने यस्तो व्यक्तिले प्रायः आफ्नो नेता वा कसैको स्वार्थको लागि समर्थन गर्छ। यही कारण ओलीले आफ्ना कार्यकर्ताबाट के चाहन्छन् प्रष्ट हुँदा खासमा उनी आफू चाँहि झोले हैनन् झोला बोकाउने व्यक्ति हुन् । यो सन्दर्भ हेर्ने हो भनेउनले आफूलाई झोले भनेर भन्नु त व्याकरणका दृष्टिलेपनि गलत हो । अर्कातर्फ उनी पदका दृष्टिलेसमेत देशको प्रधानमन्त्री हुन् न कि एमालेको झोले ।फलतः काम गरेर उत्तर दिनुपर्ने उनी बद्नाम बन्दै गएको शब्द ‘झोले’लाई ब्रान्डिङ गरेकै भरमा लोकप्रियता हासिल गर्ने दिवास्वप्न देखिरहेका छन् ।यद्यपि, ओलीले ‘देश र जनताको परिवर्तनको चाहना बोकेको झोला बोकेर हिँड्नुमा गर्व छ’ भन्दै आफ्नो अभिव्यक्तिको बचाउ गर्ने प्रयास गरेका छन्।

मुख्य कुरा त दल र ओलीको झोला र दिमागमै के छ आमनागरिकले प्रष्ट बुझिसकेका छन् । जसलाई पृथ्वीनारायण शाहमाथिको टिप्पणीले होस् कि भारत पाकिस्तान युद्ध अन्त्य गराएको दाबीले होस् अझ प्रष्ट पार्दा उनको पार्टीले भोगिरहेको अवस्थाबारे ओली जानकार नै छन् । आई लभ यु केपीबाबाट सार्वजनिक कार्यक्रममै उपस्थिति हुननसक्ने अवस्थाले होस कि चौतर्फी आन्दोलनले सरकार घेरिएको विषयले होस । यसले समेत उनको नेतृत्वको औचित्य प्रष्ट हुँदा आफ्नै नेता कार्यकर्ताका छोराछोरी बालेन्द्र शाह,रवि लामिछाने, हर्क साम्पाङहरुको फ्यान भएको एमाले नेताहरुले नै बताउँदै आएका छन् । यसले एमालेले झोले बनाउने कि कार्यकर्ता टिकाउने भन्ने प्रश्न बलियो पार्दा सत्ता सहयात्री नेपाली कांग्रेससमेत ओलीबाट वाक्क भइसकेको छ ।

जसलाई ओलीले बद्नाम गरेको भन्दै कांग्रेस महामन्त्री गगन थापाले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई नै बहिष्कार गरेबाट प्रष्ट छ ।त्यति मात्र होइन, कांग्रेसले ओलीका सबै अभिव्यक्तिको जिम्मा नलिने प्रस्टीकरण दिनुले पनि सत्ता गठबन्धनभित्रै ओलीको स्वीकार्यता कस्तो छ भन्ने देखाउँछ। यस्तो अवस्थामा पनि एमाले नेताहरू ओलीसँग यसबारे संवाद गर्ने आँटसमेत गर्न नसक्नुले पार्टीभित्रको आन्तरिक लोकतन्त्रमाथि प्रश्न उठ्छ।अझ रोचक त, एमाले नेताहरूले पोस्ट गरेको तस्बिरमा लेखिएको छः ‘म झोले हो। एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो ।’ यसले ‘झोले’ नहुनु वा नेतामाथि प्रश्न उठाउनुलाई ‘राजावादी’ हुनेसम्मको भाष्य निर्माण गर्ने प्रयास एमालेले गरिरहेको छ ।

हुन त एमालेको झोले अभियान नौलो र मौलिक विषय समेत होइन ।यही प्रकारको अभियान भारतमासमेत यसअघि भारतीय जनता पार्टीले चलाएको थियो । भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले “चौकीदार चोर भयो” भन्ने टिप्पणी गरेपछि बिजेपीले त्यसको सर्वेक्षण गर्दा धेरै मानिस चौकीदारको पक्षमा देखिएकाले मोदीले ‘म पनि चौकीदार’ अभियान सुरु गरेकाथिए । त्यसैको सस्तो कपीमा लागेको एमालेले यही अवस्था रहे मासुभातलाई समेत ब्रान्डिङ नगर्ला भन्न सकिँदैन ।