काठमाडौं । भारतमा कारोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार ७८ वर्षीय कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या १२ पुगेको हो ।
मृतक ११ जना महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशका रहेका छन् । साथै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्।
प्रतिक्रिया