मनोरञ्जन

डरमा महानायक राजेश हमाल, नरसिंहा चलाउन एक्लो दौडधुप, ‘हे’…हेर्न फेरि दर्शक हल छिर्लान् ? (भिडियो)


काठमाडौँ । नेपाली चलचित्रका महानायक राजेश हमाललाई पछिल्लो समय भ्याइ नभ्याइ छ । शुक्रबारदेखि उनी अभिनित नयाँ फिल्म प्रदर्शनमा आउँदै छ ।

यही कारण प्रचारमा व्यस्त उनी नयाँ पुस्तामा पनि आफ्नो आकर्षण उत्तिकै रहेको देखाउने दबाबमासमेत छन् । यो उनको महानायक उपाधिमाथि नै प्रश्न उठेको समयले पनि उनलाई अर्को सकस थपेको हो ।