समाचार

श्रमीकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रश्ताव नेपालले डब्ल्युएचओमा लैजाँदै


काठमाडौं—बाहिरि मुलुकबाट श्रमका लागि पुगेका श्रमीकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रश्ताव नेपालले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) मा लैजाने तयारी गरेको छ ।

उत्तः प्रश्ताव नेपालले आगामी वर्ष हुने विश्व स्वास्थ्य संगठनअन्तर्गतको विश्व स्वास्थ्य सम्मेलनमा लैजाने तयारी गरेको हो । विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्किएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अन्य देशहरुमा कामदार पठाउने मुलुकहरुले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकराल स्थिति रहेको कुरालाई मध्यनजर गर्न जोड दिएका छन् ।

समस्या हल गर्न आगामी वर्ष रोजगारदाता राष्ट्रमा श्रम गर्न गएका जुनसुकै देशका नागरिकहरुको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रश्ताव नेपालले लैजाने गरी तयारी गरेको उल्लेख गरे ।