Breaking

गभर्नरमा विश्व पौडेल नियुक्त गर्ने सहमति


काठमाडौं—नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको छ ।

लामो रस्साकस्सीबीच सोमबार उनीहरूबीच सहमति जुटेको हो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल यसअघि सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।