राजनीति

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि सांसदसँगको प्रश्नोत्तर स्थगित


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यसूचीे थियो । तर, प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्यका कारण संसदमा उपस्थित हुन नसक्ने जानकारी दिएको छ ।

यससँगै पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको छ । प्रधानमन्त्री ओली अस्वस्थ भएकाले प्रश्नोत्तरको कार्यसूची हटाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।