काठमान्डौं – गितकार तथा संगीतकार बिनोद सुबेदीको नयागित खोलि तिरैमा बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । जसमा अहिलेका चर्चित गायक / गायिका राजन राज सिवाकोटी र मेलिना राईको स्वर समाबेश रहेको छ ।
गितमा राजनराज सिवाकोटीले नै गितमा संगीत भरेका हुन् । देबेश राईको संगीत संयोजन रहेको गितमा किशोर थापाले गितको ध्वनि सम्पादन गरेका हुन् । अभेश मुनि बज्राचार्यले खिचेको भिडियोमा केबिका खत्रीको कोरियोग्राफी रहेको छ ।
राजु जंग बस्नेतले सम्पादन त्यस्तै निर्देशन गरेको भिडियोमा रमेश बिस्वकर्मा , करिश्मा केसी लगायतले अभिनय गरेका छन् ।
यस गितको अफिसियल म्युजिक भिडियो बिनोद सुबेदीको अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको हो ।
गितकार सुबेदीका यस अघिपनि , प्रमोद खरेलको मन मेरो तिम्रो घर , राजेश पायल राई र बबिना किरातीको चोखो माया , प्रताप दाश र रोजिना बस्नेतको त्यो रातो घुम्टो जस्ता गितहरु सार्बजनिक भईसकेका छन् ।
प्रतिक्रिया