Uncategorized

फेरि अप्ठ्यारोमा गगन,रवि र ओलीमाथिको आरोपले सास्ती


बोलेरै स्थापित भएका नेपाली कांग्रेसका महामन्त्री गगन थापा आफ्नै बोलीको भारमा पर्न थालेका छन् । हल्लामात्र गर्ने तर परिणाम दिन नसक्ने अवस्थाले उनको व्यक्तित्वमै प्रश्न गर्ने ठाँउ बन्दा दोहोरो भूमिका खेलेको आक्षेप नै लाग्न थालेको छ । बोलीकै कारण उनलेअदालतको अवहेलनाको मुद्दासमेत खेप्नुपरिरहेको छ ।

पदले नेपाली कांग्रेसका महामन्त्री तथा छवीले प्रखर वक्ता गगन थापालाई आफ्नै बोली भारी पर्न थालेको छ । बोलीकै कारण राजनीतिक वृत्तमा चिनिएका उनी बोलीकै कारण आलोचनाको सिकारमात्र भएका छैनन् मुद्दा नै खेपेको व्यक्तिसमेत हुन् । अहिले बोलीकै कारण उनको दोधारे चरित्रको छवि बन्दा काम पनि गर्न नदिने व्यक्तिका रुपमासमेत आलोचना हुने गरेको छ । थापा तिनै व्यक्ति हुन् जो वर्तमान सरकारलाई दिशानिर्देश गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको सदस्यसमेत छन् । फलतः उनको काम सरकारमाथि प्रश्न गर्नमै सीमित हुने होइन। तर विपक्षीभन्दा कडा रुपमा सरकारको आलोचना गर्ने उनको कदमले न त सरकारलाई दवाव परेको छ न त कांग्रेसले सत्ता छोड्न नै सकेको छ ।

बरु सभापति शेरबहादुर देउवा बैंकक गएपछि आगो ओकलेका उनी देउवा फर्किनासाथ पुरानै लयमा फर्किएका छन् । यही कारण अहिले सरकारले काम गर्नुपर्ने तर सरकार फेर्ने पक्षमा नरहेको भन्दै अमूर्त कुरा दोहोर्याउने काममै थापा व्यस्त छन् । यता उनको यो बाध्यताले एमाले भने खुसी देखिन्छ । अर्थात महामन्त्रीभन्दा आफू देउवाको निकट भएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली छन् । जसले गगनको हैसियतमाथि मात्र प्रश्न उठेको छैन उनी न त सत्ता को न त पार्टीको बनिरहेका छन् ।

फलतः सत्तामै हलचल ल्याउने प्रधानमन्त्रीको बेडसम्मै बिचौलियाको कनेक्सन रहेको थापाको बोलीलाई एमाले र कांग्रेसकै संस्थापनले उनलाई गलाउने अस्त्र बनाएका छन् । जसलाई एमाले र कांग्रेसको संस्थापन पक्षले ‘गैरजिम्मेवार र आधारहीन’ भन्दै खण्डन गरेको छ । जहाँ एमालेका महासचिव शंकर पोखरेलले थापाले सस्तो लोकप्रियताका लागि यस्ता गम्भीर आरोप लगाएको भन्दै उनले प्रमाण पेस गर्न नसके माफी माग्नुपर्ने नै बताएका छन् । यता प्रधानमन्त्री ओलीले त गगनलाई विचरा नै भन्न भ्याएका छन् ।

गगनमाथिको प्रहार यतिमै सीमित छैन । कांग्रेसभित्रै पनि उनी महामन्त्रीभन्दा कार्यकर्ताजस्तो भएको आवाज व्याप्त छ । कहिले भावी सभापतिका लागि देउवा फकाएको आरोप खेप्ने उनी कार्यकारी महामन्त्री किओली देउवाको खेताला भन्ने प्रश्नसमेत छ । अर्थात प्रश्न गर्ने भन्दा आफ्नो हैसियत प्रमाणित गर्ने र काम गराउने ठाँउमा रहेका थापाले भुलेको आक्षेप लाग्दा स्वार्थअनुकूल बोली फेर्ने गरेको अर्को आरोप पनि छ ।

यही बीचमा बोलीकै कारण उनी अहिले अदालतको अवहेलनाको मुद्दा समेत खेपिरहेका छन् । लोकतन्त्र दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा सर्वाेच्च अदालतले ‘डिल गरिरहेको छ, हान्दिऊँ हान्दिऊँ भनिरहेको छ’ भन्दै दिएको अभिव्यक्तिको चेपुवामा परेकाहुन् । उनको यो अभिव्यक्ति स्वतन्त्र न्यायपालिकाको गरिमा र आस्थामा आघात पार्ने खालको रहेको भन्दै कारबाहीको मागसहित शुक्रबार निवेदन पेस भएको थियो।अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले दिएको निवेदनको पहिलो पेसी मंगलबार तोकिएको छ। यसले उनी एकपछि अर्को बोलीकै कारण समस्या भोगिरहेको अर्को दृश्य बाहिर ल्याएको छ ।

हुन त ओली र थापाबीचको जुहारीले नेपालको राजनीतिमा नयाँ तरंग ल्याएको छ। त्यस्तै बिचौलियाको प्रभाव, सरकारको पारदर्शिता र सत्ता गठबन्धनको स्थायित्व जस्ता मुद्दाहरू यो विवादले सतहमा ल्याउँदा गगन पक्षधरले यसलाई उनको शैली भनेका छन् । तर उनको यो शैलीले सरकारमाथिको विश्वास कम हुने अनि निकास पनि ननिस्कने दोहोरो मारमा राज्य परिरहेको छ । जसले गगनको छविमाथि नै प्रश्न उठ्दाशिक्षक उचाल्ने, निकास नदिने उनी रवि लामिछानेकै सवालमा समेत आरोप लगाउने, प्रमाण नदिने मामलामा प्रश्नमा परिसकेका छन् । जसको पुनरावृत्ति ओलीमाथिकै आरोपमासमेत देखिँदा यसले उनलाई अर्को क्षति गरिरहेको हो ।