Breaking

सबैभन्दा बढी शान्तिको आवश्यक छ : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति आजको सबैभन्दा बढी आवश्यकता भएको बताएका छन् ।

शनिवार लुम्बिनीमा चौथो एशियाली बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै उनले अहिले युद्धका बादलहरु मडारिरहेको उल्लेख गर्दै दुनियाँ कहीँ युद्धतिर त जाँदैन ? भन्ने डर रहेको बताए ।

त्यसका लागि पनि शान्तिको आवश्यक अपरिहार्य रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले युुद्ध गर्नका लागि पर्याप्त सैन्य शक्ति, सैन्य शक्तिलाई परिचालन गर्नका लागि जल, स्थल र आकाश सबै ठाउँबाट प्रहार गर्न सकिने, सबै ठाउँमा युद्ध लड्न सकिने, हतियारहरुको निर्माण भएको उल्लेख गरे ।

खतरनाक हतियारहरुको निर्माण भएको भन्दै यो विश्व शान्तिका लागि एउटा चुनौति भएको बताए । यसलाई रोक्न आवश्यक रहेको बताउँदै युद्धबाट युद्धले शान्ति स्थापना गर्न नसक्ने उल्लेख गरे । प्रधानमन्त्री ओलीले युद्धमाथि युद्ध र हिंसा माथि हिंसा थपेर शाीन्त प्राप्त नहुने बताए ।