Uncategorized

आफूलाई उपसचिव बताउँदै ठगी गर्ने महिला पक्राउ,एयरपोर्टको ठेक्का मिलाइदिने भन्दै लाखौँको ठगी


आफूलाई नेपाल सरकारको उपसचिव भएको बताउँदै ठगीमा संलग्न एक महिला पक्राउ परेकी छन् ।

दैलेख दुनेचौर गाउँपालिका-५ घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर २५ बस्दै आएकी ४० वर्षीया जानकी न्यौपानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

जानकीले आफूलाई कानून मन्त्रालयको उपसचिव भएको र हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बताउँदै एयरपोर्टको विभिन्न ठेक्का मिलाइदिने भनी ७ लाख ६० हजार ८ सय रूपैयाँ ठगेको एसपी अंगुर जिसीले जानकारी दिए ।