काठमाडौं । आइसिसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानको बीचको निर्णायक खेल रद्द भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले खेल बिहान तल्लो मूलपानी क्रिकेट रंगशालामा ९ः३० बजे सुरु हुने जनाएको थियो। तर, २ बजिसक्दा पनि सुरु हुन नसकेपछि खेल रद्द गरिएको हो। मैदानको आउटफिल्ड भिजेको कारण टस र खेल हुन ढिला भएको थियो। तर, पछिल्लो चार घण्टादेखि मूलपानीमा वर्षा भएको थिए ।
नेपाललाई यो खेल जित्नैपर्ने दबाब थियो। समान ६ अंक रहे पनि अफगानिस्तान नेट रनरेटमा नेपालभन्दा अगाडि थियो। यो खेल रद्द भएका दुवै टोली अंक बाँडेका छन्। नेटरनरेटमा अगाडि भएको कारण सात अंकसहित अफगानिस्तान विश्वकप २०२६ मा छनोट हुन सफल भएको हो। समान सात अंक रहे पनि नेपाल यसपल्ट अभागी सावित भयो।
आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएर नेपाल विश्वकपबाट वञ्चित भएपछि समर्थकहरू आक्रोशित बनेका छन् । बिहानैदेखि मैदानमा उपस्थिति जनाएका समर्थकहरू मैदान सुकाउने काम भइन्जेल खेल सुरु हुनेमा आशावादी थिए । खेल रद्द भएपछि समर्थकले क्यान, एसीसी र आईसीसीविरुद्ध नारा लगाउँदै खेल गराउन नसकेको आरोप लगाएका हुन् ।
प्रतिक्रिया