Uncategorized

दुई तिहाइको सत्तामा ओली, ८ आन्दोलनको घेराबन्दी

योहो संवाददाता

सत्तारुढ दलभित्रको मतभेद भागबन्डा गरेर मिलाए पनि सडकमा बढ्दो जताततैको आन्दोलन नै आन्दोलनले भने सरकार दबाब र तनावमा छ । १७ दिनदेखि शिक्षकहरु सडक आन्दोलनमा छन् भने अरु पनि सडक आन्दोलनमा आउन थालेपछि सरकारलाई आन्दोलन थेग्नै मुस्किल पर्ने अवस्था बनेको छ ।

आफ्नो माग पुरा गराउने एक मात्र अस्त्र भनेको हाल आन्दोलन बनेको छ । विभिन्न रुष्ट समुहहरु दिनहु जसो काठमाडौंका सडकहरुमा सरकार विरोधी कार्यक्रम गरेको देखिन्छ । तर सरकार भने सम्वोधन भन्दा पनि बेवास्ता गर्दै गएको देखिन्छ । जस्का कारणसडक आन्दोलनमा उत्रिने क्रम बढ्न थालेको छ । पछिल्ला केही दिनयता संघीय राजधानी काठमाडौं आन्दोलन र सरकार विरोधी प्रदर्शनका कारणदिनहुँ जसो काठमाडौंको सडक अस्तव्यस्त बन्दै गएको छ भने सर्वसाधारणसास्ती व्यहोर्न बाध्य भएका छन् ।

सामुदायिक विद्यालयका शिक्षकका साथै चिकित्सक, सहकारी तथा लघुवित्त पीडित, भूमि पीडित लगायतले लगातार प्रदर्शन गर्दै आइरहेका छन् । यसमा अब निजामती कर्मचारी र यातायात मजदुर तथा व्यवसायीहरु पनि थपिन लागेका छन् । शिक्षकहरुको प्रर्दशनले माइतीघर, बबरमहल सडक क्षेत्रमा यातायात सेवा ठप्प हुने गरेको छ । पूरै सडक ढाकेर शिक्षकहरुले प्रदर्शन गर्दा सर्वसाधारणले भने सास्ती व्यहोर्नु परिरहेको छ। आज हामी पछिल्लो समय काठमाडौंका सडकमा भएका आन्दोलनहरुको चर्चा गर्दैछौँ ।

नम्बर १. शिक्षक आन्दोलन
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका समुदायिक विद्यालयका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको १७दिन पु