काठमाडौं । स्पीनर युवराज खत्रीले ५ विकेट लिएपछि ओपनरले राम्रो ब्याटिङ गर्दै नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित निकालेको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको सहज जित निकालेको हो । ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो । निरज यादवले ४६ तथा साहिल पटेलले ४४ रन बनाए ।
ओमानका सौम्या भविनले २ विकेट लिए । त्यसअघि युवराज खत्रीको पाँच विकेटमा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको थियो । युवराजले ७ ओभरमा १५ रन दिएर ५ विकेट लिएपछि ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको थियो ।
पहिलो खेलमा यूएईलाई हराइसकेको नेपालले अब तेस्रो खेलमा बुधबार हङकङसँग खेल्ने छ । पहिलो खेलमा यूएईलाई हराएको अफगानिस्तानले आज भएको अर्को खेलमा हङकङलाई हराएको छ ।
नेपाल, अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी यस छनोटमा शीर्ष हुने टोली आगामी वर्ष हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछन् ।
प्रतिक्रिया