Uncategorized

योगेशकुमार भट्टराई : पूर्वराजाको अराजकता छताछुल्ल भयो (भिडियोसहित)


नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले पुर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेको भन्दै उनलाई दिएको सेवासुविधा समेत कटौती गर्नेबारे सोच्न आवश्यक रहेको जिकिर गरे ।