काठमाडौं—अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफ्नो चरित्र हत्या गरेको भन्दै महासचिव किरण राई विरुद्ध मुद्धा दायर गरेका छन् ।
अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिन पछि आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर चरित्र हत्या गर्ने प्रयास गरेको उल्लेख गर्दै थापाले काठमाडौं जिल्ला अदालतमा आज मुद्धा दायर गरेको जनाएका हुन् ।
सोही विषयमा थापाले गत साता एन्फा महासचिव राई विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीमा उजुरी दिएका थिए। एन्फा महासचिव राईले एक टेलिभिजन अन्तरवार्तामा आफूमाथि अत्यन्तै गम्भीर आरोप लगाएको विषयमा त्यसलाई सच्याउन र आत्माआलोचना गर्न अनुरोध गर्दा पनि नसच्याएपछि बाध्य भएर आफू कानुनी कार्वाहीको प्रक्रियामा गएको थापाले बताए ।
प्रतिक्रिया