काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विवाह गर्न पाउने उमेर घटाउने÷नघटाउने भन्नेबारेमा आयोगले अध्ययन गर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले समाजमा भइरहेको बालविवाहले पनि दुर्घटना निम्त्याइरहेको भन्दै विवाहको उमेर घटाउन सुझाव आएको बताए । तर आयोगले सात वटै प्रदेशमा अध्ययन गरेर सरकारलाई यसबारेमा सुझाव दिने प्रतिवद्धता अध्यक्ष मगरले जनाए ।
सरकारले विवाह गर्न पाउने उमेर २० वर्ष राखेको छ । महिलाको स्वास्थ्यको ख्याल गर्दै २० वर्ष पुगेपछि मात्रै विवाह गर्न पाउने संवैधानिक व्यवस्था गरिएपनि कतिपय स्थानमा अझै बालविवाह बढ्दो छ ।
बलात्कारका घटना बढिरहेको भन्दै सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । मातृ सुरक्षा र प्रजननसम्बन्धी कानूनबमोजिमको व्यवस्था लागू भएको वा नभएको अनुगमन गरेको र ५ मन्त्रालयमा अनुगमन गर्दा एउटा मन्त्रालयमा पूर्ण रुपमा भएको र अरु मन्त्रालयमा उक्त व्यवस्था नभएको पाइएको बताए ।
प्रतिक्रिया