काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको सम्मान नहुने घर ‘नरक’ सरह हुने टिप्पणी गरेकाछन् ।
आज काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताए । उनले महिलाको आदर नहुने घरमा कहिल्यै पनि श्री नहुने बताए ।
आफ्नो छोरी रानी र अरुको छोरी नोकरानी जस्तो व्यवहार कसैले गर्न नहुने बताए । छोरी सरह स्नेह दिनसके आमासरह माया पाउने पाउने बताए ।
पुरुष र महिलामा कानूनी रुपमा कुने विभेद नभए पनि व्यवहारिक रपमा अझै कायम रहेको जिकिर गरे । यसलाई हटाउन सरकार लागिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया