Breaking

सानो देशमा छु भन्ने हिनताबोधी भावना नराख्न प्रधानमन्त्रीको आग्रह


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले सानो देशमा छु भन्ने हिनताबोधी भावना नराख्न आग्रह गरेका छन् । कास्कीको ढुङ्गेपाटनमा विहीबार आयोजित पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन नहुने बताएका छन्।

प्रधानमन्त्री ओलीले विद्यार्थीलाई हात्ती देखेर भाग्ने भन्दा तालिम दिएर माउते हुन आग्रह गरे । विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरूले इमानदार भएर देशका लागि काम गर्न आग्रह गरे ।

दीक्षित विद्यार्थीहरूलाई ओलीले आत्मविश्वास र इमानपूर्वक समाजका लागि सकारात्मक काममा प्राप्त ज्ञान उपयोग गर्न अनुरोध गरे । समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गराएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।