राजनीति

प्रकृति लम्सालका लागि न्यायको माग गर्दै पुल्चोक क्याम्पसका विद्यार्थीको विरोध प्रदर्शन


काठमाडौं—भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत भेटिएकी प्रकृति लम्सालका लागि न्यायको माग गर्दै पुल्चोक क्याम्पसका विद्यार्थीले विरोध ¥यालीसँगै हस्ताक्षर संकलन गरेका छन्।

नेपाल विद्यार्थी संघ (नेविसंघ) पुल्चोकले आयोजना गरेको विरोध ¥यालीमा क्याम्पसका विद्यार्थीहरु सहभागी भएका हुन् । पुल्चोक क्याम्पसबाट सुरु गरी लबिम मल हुँदै हरिहर भवनबाट पुनः पुल्चोक क्याम्पस डिन कार्यलयमा आएर ¥याली सकिएको थियो। त्यसपछि विद्यार्थीले क्याम्पस गेटमा हस्ताक्षर संकलन गरेका हुन् । पुल्चोकका विद्यार्थीले ‘प्रकृतिलाई न्याय दे ’, ‘जस्टिस फर प्रकृति’, ‘निष्पक्ष छानबिन गर’ लगायतका प्लाकार्डसहित दबाबमूलक प्रदर्शन गरेका थिए ।