Breaking

भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरणबारे प्रधानमन्त्रीले भने- कूटनीतिक पहल गरिरहेका छौं

योहो संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा सरकारले कूटनीतिक तवरले काम गरिरहेको बताएका छन् ।

सामाजिक सञ्जाल, संसद र आम नागरिकले केआईआईटी अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा छानबिनको माग गरिररहँदा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’