नेकपा एमालेका सांसद सूर्य थापाले संसद भवन परिसरमा मिडिया व्यवस्थापन आवश्यक रहेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मिडिया व्यवस्थापनको विषयमा संघीय संसद सचिवालयले ख्याल गर्नुपर्ने आग्रह गरे ।
‘मिडिया व्यवस्थापन यो संसदको कस्तो छवि बनाउने भन्ने विषयसँग अभिन्न रुपमा जोडिएको छ’ सांसद थापाले भने ।
पत्रकारले सोध्ने प्रश्नहरु संविधान र कानुन अनुकुल हुनुपर्ने उनको आग्रह छ ।
‘सांसदहरूलाई कस्ता प्रश्न सोध्ने ? ति प्रश्न संविधान कानुन बमोजिम हुनुपर्छ कि पर्दैन ? ति प्रश्नमा गालीगलौज अथवा पेड मिडियाको भूमिका खेल्ने गरी कसैद्वारा परिचालित ढंगले आरोपित गर्ने गरी प्रश्न गर्न पाइन्छ कि पाइन्न ?’ एमाले सांसद थापाको प्रश्न छ ।
आफूले यस्तो भोग्दै आएको र सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत आरोपित गर्ने गरी प्रश्न सोधिएको भनेर उनले सदनको ध्यानाकर्षण गरेका हुन् ।
प्रतिक्रिया