सिरहाकी रिंकुकुमारी सदायमाथिको सामूहिक बलात्कार र रहस्यमय मृत्युको विषयले संसद्मा प्रवेश पाएको छ ।
सांसदहरूले सिरहा नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी सदायको मृत्युबारे सरकारको ध्यानाकर्षण गरेका हुन् ।
सदाय ३० माघमा मृत फेला परेकी थिइन् । सिरहा ४ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य वीरेन्द्र प्रसाद महतोका अनुसार गत माघ २७ गते राति ९ बजे सौच गर्न निस्कएको बेलामा सामूहिक बलात्कारको सिकार भएकी हुन् ।
राति ९ बजे सौच गर्न निस्किएकी सदाय बिहान ३ बजे मात्रै घर फर्किएकी थिइन् । स्थानीय रुपेश मण्डल, चन्दन साह र राम विनय मण्डलले सौच गर्न निस्किएकी सदायलाई मुख थुनेर गाउँ बाहिर लगेर हात र गोडा समातेर पालैपालो करणी गरेको सदायले आफ्नो आमालाई सुनाएको महताले बताए ।
प्रतिक्रिया