समाचार

योहोकर्मी सन्तोष बिके थापालाई पितृशोक


काठमाडौं। योहो टेलिभिजनकर्मी सन्तोष बिके थापालाई पितृशोक परेको छ । थापाका ६१ वर्षीय बुवा नन्दाराम बिके थापाको आइतबार भारतको लखनउमा उपचारका क्रममा निधन भएको हो ।

माघ २५ गते उच्च रक्तचापका कारण एक्कासी बेहोस भएका थापालाई लगत्तै उपचारका लागि नेपालगञ्ज पर्‍याइएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा उपचार सम्भव नभएपछि भारतको लखनउ पुर्‍याइएका थापाको ब्रेन ह्यामरेजको शल्यक्रिया गरिएको थियो । दश दिनसम्म आईसीयूमा उपचाररत थापाको आइतबार बिहान निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार थापाको सोमबार सल्यानको छत्रेश्वरी गाउँपालिका-५ लेखपोखरास्थित घाटमा अन्त्येष्टि गरिनेछ । थापाका श्रीमती, ३ छोरा र १ छोरी छन् ।