साताको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले बढेको छ । नेप्से आज १९ दशमलव५६ अङ्कले बढेर २ हजार ६९८.०३ विन्दुमा पुगेको हो ।आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ७ अर्ब ९२ लाखको शेयर कारोबार भएकोमा आज ३०९ वटा कम्पनीका २ करोड ९ लाखकित्ता शेयर ९ अर्ब ४७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
समाचार
प्रतिक्रिया