Breaking

शान्दार मः म पसल ग्यास विस्फोट : थप एक जनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो


काठमाडौं । कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का युवकको उपचारका क्रममा मृत्यु भएको छ । काभ्रे बेथानचोक घर भइए हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको हो ।

उनको गएराति करिब पौने १२ बजे मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ । उनीसँगै ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि शुक्रबार उपचाररत उदयपुरको उदयपुरगढी–७ घर भइ हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो ।

मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन)को उपचारका क्रममा गत सोमबार नै मृत्यु भएको थियो । विस्फोटमा परी १४ जना घाइते भएका थिए ।